२०८३ साउन २१ गते बिहीबार

आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

आईसीसी विश्वकप लिग–२ मा अमेरिकासँग नेपाल पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १२ गते सोमबार ०७:२४

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको छ।

पोखरा
आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको छ।

अमेरिकाको डलासको ग्रान्ड प्रिएरीमा गएराति भएको खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

अमेरिकाका शायन जहानगिरले १०४ रनको शतकीय इनिङ खेले । कप्तान मोनाक पटेलले ६२, हर्मित सिंहले ५७ रन र शाड्ली भान साल्वेकले २९ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले ४ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रनको योगदान गरेका थिए।

अनिल शाहले ५६, आसिफ शेखले ५२ र आरिफ शेखले ३७ रनको योगदान दिए । बलिङतर्फ अमेरिकाका नोष्थुश केन्जिगेले सर्वाधिक ४ विकेट लिएका थिए ।

नेपालले आईसीसी विश्वकप लिग(२ मा आफ्नो खराब लयलाई कायमै राखेको छ । लिग(२ मा ९ खेल खेलेको नेपालले एक खेलमा मात्र जित निकालेको छ ।

 

प्रकाशित मिति २०८१ कात्तिक १२ गते सोमबार ०७:२४
हजुरको प्रतिक्रिया