२०८३ साउन २१ गते बिहीबार

कांग्रेस–एमाले भ्रष्टाचारमा लिप्त भए : राजेन्द्र लिङ्देन

कांग्रेस–एमाले भ्रष्टाचारमा लिप्त भए : राजेन्द्र लिङ्देन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १३ गते मंगलबार १०:२३

उनले भने, ‘सरकारहरुको कुरा गर्ने हो भने आफू सरकारमा बस्ने आफ्नै नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर बेच्ने काम भइरहेको छ ।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र कांग्रेस भ्रष्टाचारमा लिप्त भएकै कारण जनता आजित भएको बताएका छन् ।

मंगलबार किर्तिपुरमा उपनिर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफैं सरकारमा रहँदा नागरिकलाई शरणार्थी बनाएर बेच्ने, अदालतले दोषी ठहर गरेका व्यक्तिहरुबाटै अर्बौको चन्दा लिने क्रियाकलापका कारण कांग्रेस एमालेप्रति जनतामा असन्तुष्टि बढ्दै गएको बताएका हुन् ।

उनले भने, ‘सरकारहरुको कुरा गर्ने हो भने आफू सरकारमा बस्ने आफ्नै नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर बेच्ने काम भइरहेको छ ।

आफैं सरकारको नेतृत्व गर्ने अनि अदालतले दोषि ठहर गरेका व्यापारीसँग अर्बौको चन्दा लिने काम गर्दैछ । यो काम उनीहरुले ठिक गरेका हुन् त ? त्यसकाणले यस्ता क्रियाकलापबाट जनता असन्तुष्ट छन् ।’

जनताले कांग्रेस र एमाले जस्ता भ्रष्ट राजनीतिक दलहरुको विकल्प खोजेका छन् भन्ने प्रमाणित गर्न समेत आउँदो उपनिर्वाचनमा हराउन आवश्यक रहेको लिङ्देनको भनाइ छ ।

स्थानीय तहहरुमा राप्रापाले कम ठाउँमा मात्र जितेपनि राम्रो नतिजा आएको उनको दाबी छ ।

 

प्रकाशित मिति २०८१ कात्तिक १३ गते मंगलबार १०:२३
हजुरको प्रतिक्रिया