२०८३ साउन २१ गते बिहीबार

तिहार सुरु भएसँगै बजारमा चहलपहल बढ्यो

तिहार सुरु भएसँगै बजारमा चहलपहल बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १४ गते बुधबार ०७:२३

नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै काठमाडौँ लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ। तिहार लागेसँगै काठमाडौँ उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो। मखमली...

नेपालीहरुको महान चाड शुभ दीपावली सुरु भएसँगै काठमाडौँ लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ।

तिहार लागेसँगै काठमाडौँ उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो।

मखमली र सयपत्री फूलले राजधानीको बजार ढाकिएका देख्न सकिन्छ। बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ। तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन्। विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु असन, भोटाहिटी, इन्द्रचोक, न्युरोडलगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको हो।

लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ। त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ। यी क्षेत्र लगायत उपत्यकाका अन्य क्षेत्र र देशभरका बजारहरुमा पनि तिहारमा चाहिने सामान किन्नेहरुको चहलपहल शुरु भएको पाइन्छ। आजबाट विधिवत रुपमा यमपञ्चक शुरु भएको छ। आज धनतेरस पर्व पनि मनाइँदै छ। सुन, चाँदीका सामग्रीहरुको पूजा गरेर धनतेरस मनाइने गरिन्छ। आज बेलुका यमदीपदान शुरु गर्ने र भोलिबाट क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाई टीका मनाउने गरिन्छ।

प्रकाशित मिति २०८१ कात्तिक १४ गते बुधबार ०७:२३
हजुरको प्रतिक्रिया