२०८३ साउन २१ गते बिहीबार

पाेखरामा वर्षा ( तस्वीरहरू )

पाेखरामा वर्षा ( तस्वीरहरू )

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १९ गते सोमबार ०४:१२

पाेखरा । साेमबार पाेखरामा हावाहुरीसहितकाे वर्षा भएकाे छ। तिहार सकिएपनि चाडपर्वका निम्ति टाढा गएकाहरू फर्किँदै गरेकाे याे समयमा भएकाे वर्षाले जनजीवन प्रभावित पारेकाे छ । पाेखरा वरपर धान काट्ने, उठाउने समय भएका कारण अकस्मात...

पाेखरा ।

साेमबार पाेखरामा हावाहुरीसहितकाे वर्षा भएकाे छ।

तिहार सकिएपनि चाडपर्वका निम्ति टाढा गएकाहरू फर्किँदै गरेकाे याे समयमा भएकाे वर्षाले जनजीवन प्रभावित पारेकाे छ ।

पाेखरा वरपर धान काट्ने, उठाउने समय भएका कारण अकस्मात परेकाे वर्षाले किसानमा भने चिन्ता थपेकाे छ । पोखरा आसपासका गाउँहरुमा असिनासहितको पानीका कारण कृषि उपजमा क्षति पु¥याएको स्थानीयले बताएका छन्।

देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावका कारण वर्षा भएकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 

प्रकाशित मिति २०८१ कात्तिक १९ गते सोमबार ०४:१२
हजुरको प्रतिक्रिया