२०८३ साउन २१ गते बिहीबार

पोखराका विभिन्न ठाउँमा एक साता विद्युत आपूर्ति बन्द हुने

पोखराका विभिन्न ठाउँमा एक साता विद्युत आपूर्ति बन्द हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १८ गते आइतबार १२:३०

पोखरा । पोखराका विभिन्न ठाउँमा करिब एकसाता  विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन पोखराले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो । माघ १८ देखी २३...

पोखरा । पोखराका विभिन्न ठाउँमा करिब एकसाता  विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन पोखराले सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।
माघ १८ देखी २३ गतेसम्म स्तरोन्नति भईरहेको सिद्धार्थ राजमार्ग विरौटाचोकदेखि छोरेपाटन सम्मको सडक खण्डको किनारामा रहेका विद्युत संरचना स्थनान्तरणका लागि विद्युत आपूर्ति बन्द हुने प्राधिकरण जनाएको छ ।
६ दिन सम्म बिहान १० बजेदेखि दिउसो ४ बजे सम्म विद्युत आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ ।
पोखरा वितरण केन्द्रको फेवा फिडर अन्तर्गत विरौटाचोक, बालोदय स्कुल, बरालफिड, छोरेपाटन, तिव्बतीयन क्याम्प, शितल चौपारी लगाएतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
प्रकाशित मिति २०७७ माघ १८ गते आइतबार १२:३०
हजुरको प्रतिक्रिया