२०८३ साउन २१ गते बिहीबार

स्थानीय तह उपनिर्वाचनमा एकतावद्ध भएर परिचालन हुन काँग्रेसको निर्देशन

स्थानीय तह उपनिर्वाचनमा एकतावद्ध भएर परिचालन हुन काँग्रेसको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २२ गते बिहीबार ०८:५५

पार्टी महामन्त्री एवं सो समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले संयमताका साथ सम्पन्न गराउनका लागि हार्दिकता साथ प्रश्तुत हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

काठमाडौं ।

सत्तारुढ नेपाली काँग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउने गरी एकतावद्ध भएर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुनेगरी परिचालन हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको हो ।

पार्टी महामन्त्री एवं सो समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले संयमताका साथ सम्पन्न गराउनका लागि हार्दिकता साथ प्रश्तुत हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

लोकतान्त्रिक पद्धतिप्रतिको आम नागरिकको विश्वासलाई अझै खदिलो बनाउने गरी सो उपनिर्वाचनलाई हार्दिकताका साथ सम्पन्न गराउन बैठकले सबै राजनीतिक दलहरुलाई आग्रह पनि गरेको महामन्त्री शर्माले जानकारी दिए ।

उनले भने, ‘म देशभरीका पार्टी पंक्तिलाई अपिल गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु कि अत्यन्त संयमताका साथ, अत्यन्तै शालिनताका साथ, जिम्मेवारीबोधका साथ, परिपक्वताका साथ निर्वाचनको प्रतिस्पर्धामा सामेल बनौं । यो निर्वाचन जित–हारको विषय मात्रै नभएर यो निर्वाचन कसरी सम्पन्न हुन्छ ? त्यसले हाम्रो राजनीतिको सन्दर्भमा एउटा सन्देश दिन्छ । त्यसैले प्रतिस्पर्धा तर उत्तिकै हार्दिकता, हार्दिक प्रतिष्पर्धा तर प्रतिष्पर्धी दलहरुसँगको, उम्मेदवारहरुसँगको उत्तिकै आवश्यक समन्वय यो बेलामा जरुरी छ । नेपाली काँग्रेसको रुख चिन्हमा मत दिएर विजयी गराउनका लागि पनि हामी अपिल गरिरहेका छौं । पार्टी पंक्तिलाई एकताका साथ, ऊर्जाका साथ अघि बढन पनि हामी अपिल गर्दछौं । सँगैमा अन्य राजनीतिक दलहरुलाई पनि हाम्रो आग्रह छ–निर्वाचनहरु भईरहन्छन । कहिले जीत हासिल हुन्छ, कहिले हुँदैन । तर त्यो जीत हासिल गर्नका लागि आचारसंहिता विपरितका गतिविधिहरु गर्ने, उत्तजनात्मक अभिव्यक्तिहरु राख्ने, समाजमा द्वन्द्वलाई सृजना गर्ने कर्महरु गर्ने । यसले जुन तिक्त वातावरण बन्छ, त्यसले सुसंस्कृत सन्देश दिँदैन । त्यसैले निर्वाचनमा प्रतिष्पर्धा गरिरहँदा सबै दलहरुले यो लोकतान्त्रिक पद्धतिप्रतिको नागरिकको विश्वासलाई अझै खदिलो बनाउने प्रयास गरौं ।’

महामन्त्री शर्माले उपनिर्वाचनमा आचारसंहिता विपरितका गतिविधिहरु गर्ने, उत्तेजनात्मक अभिव्यक्तिहरु राख्ने कामले नागरिकको लोकतन्त्रप्रतिको भरोसा टुट्दै जाने भएकाले त्यस्ता खालका गतिविधि गर्न नहुने पनि बताए ।

प्रकाशित मिति २०८१ कात्तिक २२ गते बिहीबार ०८:५५
हजुरको प्रतिक्रिया