२०८३ असोज २५ गते आइतबार

पोखरामा आउँदो शनिबार ‘तेस्रो अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने

पोखरामा आउँदो शनिबार ‘तेस्रो अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २२ गते बिहीबार ०७:१६

हिमालयन टुरिजम फोरमको आयोजनामा हुने उक्त प्रतियोगितामा नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा विभिन्न ४ वटा इभेन्ट समावेश गरिएको छ । ५० किलोमिटर टिम इभेन्ट, च्यालेन्ज इन्डिभिजुअल इभेन्ट, ५ किमि छात्र÷छात्रा दौड र २ किमि ह्यप्पी रन समावेश गरिएको आयोजकले जनाएको छ ।

पोखरा ।

पोखरामा आउँदो शनिबार ‘तेस्रो अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौड’ प्रतियोगिता हुँदैछ ।

हिमालयन टुरिजम फोरमको आयोजनामा हुने उक्त प्रतियोगितामा नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा विभिन्न ४ वटा इभेन्ट समावेश गरिएको छ । ५० किलोमिटर टिम इभेन्ट, च्यालेन्ज इन्डिभिजुअल इभेन्ट, ५ किमि छात्र÷छात्रा दौड र २ किमि ह्यप्पी रन समावेश गरिएको आयोजकले जनाएको छ ।

५० टिम इभेन्टतर्फ १७ नेपाली टिम र ४ चिनियाँ टिम सहभागी छन् । च्यालेन्ज इन्डिभिजुअल इभेन्टतर्फ १ सय नेपाली र ५० जना चिनियाँ धावक सहभागी हुँदा छात्र÷छात्रा दौडतर्फ ५ सय तथा ह्याप्पी रनतर्फ ५ सय ७९ जनाले नाम दर्ता गरेको प्रतियोगिताको प्रचार समितिका संयोजक प्रतिक पाहारीले जानकारी दिए । उनका अनुसार ५० टिम इभेन्टतर्फ विजेताले ४ लाख ५८ हजार र उपविजेताले ३ लाख ४३ हजार रुपैयाँ प्राप्त गर्ने छन् । व्यक्तिगत विजेता महिला तथा पुरुषले समान १ लाख ५२ हजार र छात्र÷छात्रातर्फको प्रतिष्पर्धाका विजेताले समान ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरू भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी, शान्तिस्तूपाबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट आएर पूरा हुनेछ ।

प्रकाशित मिति २०८१ कात्तिक २२ गते बिहीबार ०७:१६
हजुरको प्रतिक्रिया