२०८३ साउन २१ गते बिहीबार

आईसीसी यू–१९ महिला विश्वकप छनोट : नेपालले आज यूएईसँग खेल्दै

आईसीसी यू–१९ महिला विश्वकप छनोट : नेपालले आज यूएईसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २४ गते शनिबार ०८:४७

बुधबार शुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा बिहीबार कुवेतलाई १०८ रनले हराएको थियो ।

पोखरा ।

आईसीसी महिला यू– १९ टी– २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज यूएईविरुद्ध खेल्दै छ । खेल यूएईको मैदानमा बिहान सवा ११ बजेबाट शुरु हुनेछ ।

बुधबार शुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा बिहीबार कुवेतलाई १०८ रनले हराएको थियो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

नेपालले भोली कात्तिक २५ गते थाइल्यान्डसँग, कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्नेछ ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०८:४७
हजुरको प्रतिक्रिया