२०८३ असोज २५ गते आइतबार

प्रथम नेपाल हव महिला टि–२० क्रिकेटको अन्तिम खेलमा पाहुना टोली राजविराज  विजयी 

प्रथम नेपाल हव महिला टि–२० क्रिकेटको अन्तिम खेलमा पाहुना टोली राजविराज  विजयी 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २६ गते सोमबार ०४:३७

 नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला टि–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी भएको छ ।

विराटनगर ।

 

 नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला टि–२० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा पाहुना टोली राजविराज विजयी भएको छ ।

 

अन्तिम खेलमा विजयीसँगै ३ खेलको टि–२० क्रिकेटमा राजविराज विराटनगरसँग २–१ ले सिरिज गुमाएको छ ।

 

सोमबार विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा भएको अन्तिम खेलमा राजविराजले घरेलु टोली विराटनगरलाई ८ विकेटले पराजित गरि ३ खेलको सिरिजमा २–१ ले सिरिज गुमाएको हो ।

 

टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई ९९ रनमा सिमित भयो । विराटनगरका लागि रानु राजवंशीले २२ रन बनाउँदा काजल राजवंशीले १० रनको योगदान दिइन् । राजविराजकी सुस्मिता यादवले २ विकेट लिँदा अपेक्षा यादव, दिपा राम र साक्षी यादवले १–१ विकेट लिइन् ।

 

१ सय रनको विजयी लक्ष्य पछ्याएको राजविराजले १७ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।

 

राजविराजकी प्लेयर अफ म्याच साक्षी यादवले  ५४ बलमा १ छक्का र ६ चौका प्रहार गर्दै अविजित ५६ रन बनाउँदा बन्दना यादवले अविजित ८ रनको योगदान दिइन् । विराटनगरकी सानु राजवंशीले १ विकेट लिइन् ।

 

प्रतियोगिताको उत्कृष्ट ब्याटर राजविराजकी साक्षी यादव घोषित हुँदा उत्कृष्ट बलर राजविराजकी अपेक्षा यादव भइन् । विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद सादबावु कुरैसीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

प्रकाशित मिति २०८१ कात्तिक २६ गते सोमबार ०४:३७
हजुरको प्रतिक्रिया