२०८३ असोज २४ गते शनिबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसँग ४–० गोलले पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसँग ४–० गोलले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २९ गते बिहीबार ०९:२६

नेपालले पहिलो हाफमा ३ गोल खायो भने दोस्रो हाफमा एक गोल खाएको थियो । १९औँ मिनेटमा माबत्शोएवले गरेको गोलबाट ताजकिस्तानले खेलमा अग्रता लिएको थियो ।

पोखरा ।

ताजिकिस्तानमा भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली पहिलो खेलमा पराजित भएको छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसँग ४–० गोलले पराजित भएको हो ।

डुसानवेस्थित सेन्ट्रल रिपब्लिकन रंगशालामा भएको खेलमा घरेलु टोली ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबात् शोएव र अलीसेर जालि लोएभ २÷२ गोल गरे ।

नेपालले पहिलो हाफमा ३ गोल खायो भने दोस्रो हाफमा एक गोल खाएको थियो । १९औँ मिनेटमा माबत्शोएवले गरेको गोलबाट ताजकिस्तानले खेलमा अग्रता लिएको थियो ।

१० मिनेटपछि नै जालिलोभले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अन्तिम मिनेटमा माबात् शोएवले व्यक्तिगत दोस्रो गोल गर्दा ताजकिस्तान ३–० ले अग्रता लियो । ५०औँ मिनेटमा जालि लोएभले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० बाट जिताए ।

यही खेलमार्फत मिडफिल्डर रोहन कार्कीले सिनियर टोलीबाट अन्तरराष्ट्रिय खेलमा डेब्यू गरेका छन् । अब नेपालले दोस्रो खेल शनिबार अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति २०८१ कात्तिक २९ गते बिहीबार ०९:२६
हजुरको प्रतिक्रिया