२०८३ साउन २१ गते बिहीबार

भारतीय क्रिकेटर शिखर धवन कर्णाली याक्समा अनुबन्ध

भारतीय क्रिकेटर शिखर धवन कर्णाली याक्समा अनुबन्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २९ गते बिहीबार ०९:३४

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ ।

 

पोखरा ।

भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्समा अनुबन्ध भएका छन् ।

हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ ।

कर्णालीले भारतीय राष्ट्रिय टोलीबाट तीन वटै फर्म्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो ।

सम्झौतामा कर्णालीका मालिक झनकदत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् ।

३८ वर्षीय बायाँ हाते ओपनर धनवले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंंग्सबाट खेलेका छन् ।

ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो ।

यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपीएल खेल्ने पक्का भइसकेको छ ।

टिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका बलर सोमपाल कामी छन् । एनपीएल क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर १५ देखि पुस ६ सम्म हुँदैछ ।

 

प्रकाशित मिति २०८१ कात्तिक २९ गते बिहीबार ०९:३४
हजुरको प्रतिक्रिया