२०८३ असोज २४ गते शनिबार

विराटनगर किङ्समा अफगानिस्तानका इस्मत आलम अनुबन्ध

विराटनगर किङ्समा अफगानिस्तानका इस्मत आलम अनुबन्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २९ गते बिहीबार ०३:०९

अफगानिस्तानका युवा क्रिकेटर इस्मत आलम नेपाल प्रिमियर लिग ( एनपीएल)का लागि विराटनगर किङ्समा अनुबन्धित भएका छन् ।

काठमाडौं ।

अफगानिस्तानका युवा क्रिकेटर इस्मत आलम नेपाल प्रिमियर लिग ( एनपीएल)का लागि विराटनगर किङ्समा अनुबन्धित भएका छन् ।

आलमले सामाजिक सञ्जालमार्फत आफु एनपीएलका लागि विराटनगर किङ्समा अनुबन्धित भएको जानकारी दिएका हुन् ।

विराटनगरले यसअघि न्युजिल्यान्डका मार्टिन गुप्तिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस कीर्तन र स्कटल्यान्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ ।

विराटनगरमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी छन् ।

यस्तै आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्रायन टोलीका प्रशिक्षक हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति २०८१ कात्तिक २९ गते बिहीबार ०३:०९
हजुरको प्रतिक्रिया