२०८३ असोज २५ गते आइतबार

पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने

पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ३ गते सोमबार ०९:३७

राति १ बजेदेखि साढे १ बजेसम्म सडकमा गाडीको आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति साढे १ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द गरी निर्माणको काम गरिने छ ।

पोखरा ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनदेखि देउराली सडक खण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कन देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा गाडीको आवगमन बन्द गर्न लागिएको हो ।

यो सडक खण्ड दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ ।

राति १ बजेदेखि साढे १ बजेसम्म सडकमा गाडीको आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति साढे १ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द गरी निर्माणको काम गरिने छ ।

आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए । उनका अनुसार छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक गाडीबाहेक अरु गाडी पूर्ण रुपमा बन्द रहने छ ।

यस अवधिमा गाडी सडकमा रोक्दा र चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा गाडी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न आग्रह गरिएको छ ।

मुग्लिन पोखरा सडक खण्डअन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् ।

त्यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिए ।

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सकिएको छ ।

 

प्रकाशित मिति २०८१ मंसिर ३ गते सोमबार ०९:३७
हजुरको प्रतिक्रिया