२०८३ साउन २१ गते बिहीबार

उप–निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने

उप–निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ३ गते सोमबार ०९:४१

निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिने छ । आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मंगलबार नै प्रकाशित गर्ने छ ।

काठमाडौं ।

स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने छ ।

निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिने छ ।

आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार निर्णय गर्ने छ भने उम्मेदवारको नामावली पनि मंगलबार नै प्रकाशित गर्ने छ ।

त्यस्तै बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची रहेको छ ।

आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो । जसमध्ये एक जना निर्विरोध चयन भएका छन् ।

स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ जसमा ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ ।

गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाले उमेदवारी दिएका छन् ।

प्रकाशित मिति २०८१ मंसिर ३ गते सोमबार ०९:४१
हजुरको प्रतिक्रिया