२०८३ साउन २१ गते बिहीबार

एमालेको जागरण सभा दरबारमार्गमा हुने, एक लाख मानिस उतार्ने दाबी

एमालेको जागरण सभा दरबारमार्गमा हुने, एक लाख मानिस उतार्ने दाबी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ५ गते बुधबार ०५:५४

काठमाडौं सत्तारुढ नेकपा (एमाले)को मंसिर र ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गरी सो पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय...

काठमाडौं
सत्तारुढ नेकपा (एमाले)को मंसिर र ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा हुने भएको छ । बुधवार पत्रकार सम्मेलन गरी सो पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी गराएको हो । एमालेले सो जागरण सभामा एक लाख मानिस उतार्ने लक्ष्य लिएको छ ।

एक लाख मानिस उतार्ने लक्ष्यसहित आयोजना हुने सो सभा भृकुटीमण्डलमा नअटने भएकाले दरबारमार्गमा गर्ने तय गरिएको जागरण सभाका संयोजक एवं पार्टी स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए ।

‘पर्सीको हाम्रो कार्यक्रम सबै जम्मा भएर जुुलुस भद्रकालीबाट शुरु गर्छौं । सबै एकैठाउँमा जम्मा हुने स्थिति हुँदैन । अलि ठूलो जुलुस हुने स्थिति छ । संख्या पनि भन्नुभएको छ । हामीले आँकलन त झन्डै एक लाख पु¥याउने भन्ने छ । एमालेजतिको पार्टीले गरेपछि अलि ठूलै जनसंख्या उतार्नुप¥यो,’ उनले भने, ‘उपत्यकाको ३ जिल्ला, हाम्रो यहाँ रहेका जनसंगठन, अनि हाम्रो सम्पर्क कमिटीसहितको उपस्थिति भएको हुनाले त्यति पु¥याउँछौ भन्ने छ ।’

एमालेले प्रतिपक्ष दलहरुले सडकमा अराजकता फैल्याउने काम गरेको निष्कर्ष निकाल्दै जनतामा मुलुकको सुशासन र समृद्धिका लागि जागरण ल्याउन सो सभा आयोजना गर्न लागिएको जनाएको छ ।

प्रकाशित मिति २०८१ मंसिर ५ गते बुधबार ०५:५४

हजुरको प्रतिक्रिया