२०८३ साउन २१ गते बिहीबार

समाचार सामग्रीमा १ अर्ब डलर खर्च गर्दै फेसवुक

समाचार सामग्रीमा १ अर्ब डलर खर्च गर्दै फेसवुक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ फागुन १३ गते बिहीबार १२:०२

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आउने तीन वर्षमा आफूले प्रयोग गर्ने समाचारका लागि १ अर्ब डलर खर्च गर्ने बताएको छ । फेसबुकले उक्त रकम समाचार प्रयोग गरेबापत विभिन्न देशका मिडिया हाउसहरूलाई दिनेछ । फेसबुकले समाचार राखेबापत् पैसा...

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आउने तीन वर्षमा आफूले प्रयोग गर्ने समाचारका लागि १ अर्ब डलर खर्च गर्ने बताएको छ ।

फेसबुकले उक्त रकम समाचार प्रयोग गरेबापत विभिन्न देशका मिडिया हाउसहरूलाई दिनेछ । फेसबुकले समाचार राखेबापत् पैसा तिर्नुपर्ने कानुन बनाउन लागेको अष्ट्रेलिया सरकारसँग सहमति गरेपछि फेसबुकले यस्तो निर्णय गरेको हो।

फेसबुकले यसअघि नै फाइनान्सियल टाइम्स, द गार्डियनलगायतका मिडिया हाउसका समाचार प्रयोग गरेबापत् पैसा तिर्दै आएको छ ।

अष्ट्रेलियाको सिनेटमा विचाराधीन नयाँ कानुनमा फेसबुक र गुगललगायत संस्थाले कुनै समाचार आफ्नो प्लेटफर्ममा राखेबापत् मिडिया हाउसलाई पैसा दिनुपर्ने र विज्ञापनको आम्दानी पनि बाँड्नु पर्ने प्रावधान छ ।

पारित हुन लागेको विधेयकको उक्त प्रावधानको विरोधमा फेसबुकले समाचार सेयर गर्न नदिने गरी प्रतिबन्ध लगाएको थियो ।

फेसबुकसँग अष्ट्रेलिया सरकारले विधेयकको प्रावधान परिवर्तन गर्ने र फेसबुकलाई नेगोसियसन गर्न दुई महिनाको समय दिने सहमति गरेको छ । फेसबुकले बदलामा समाचार सेयरको सुविधा फेरि सुरू गरेको हो ।

फेसबुकजस्तै सर्च इन्जिन कम्पनी गुगलले पनि समाचार सामग्री प्रयोग गरेबापत् मिडिया हाउसलाई पैसा तिरिरहेको छ ।

प्रकाशित मिति २०७७ फागुन १३ गते बिहीबार १२:०२
हजुरको प्रतिक्रिया