२०८३ साउन २१ गते बिहीबार

पोखरामा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता हँुदै

पोखरामा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता हँुदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ७ गते शुक्रबार ०७:४३


वाराही माध्यमिक विद्यालय पोखरा–५, मालेपाटन कास्कीले ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा पहिलो पटक फुटबल प्रतियोगिता गर्न लागेको हो ।

पोखरा ।

पोखरामा क्लस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ ।

वाराही माध्यमिक विद्यालय पोखरा–५, मालेपाटन कास्कीले ६७ औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा पहिलो पटक फुटबल प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा १५ वटा विद्यालयहरूले यसमा सहभागिता जनाउनेछन् । प्रतियोगिता मंसिर ९ देखि ११ गतेसम्म चल्नेछ । प्रतियोगिता मुख्यत विद्यार्थीहरूको खेलकुदमा रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्रीले जानकारी दिए ।

प्रतियोगिताको आयोजना महत्त्वपूर्ण रहेको र यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने वडा नम्बर ५ अध्यक्ष विष्णु प्रसाद बराल वताए । प्रतियोगितामा विजेताले ३० हजार र उपविजेताले २० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

वाराही माध्यमिक विद्यालयले यस कार्यक्रमबाट विद्यार्थीको खेलकुद क्षेत्रमा थप प्रगति गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ । राष्ट्रिय स्तरमा कास्कीबाट फुटबल खेलाडीको प्रतिनिधित्व गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको आयोजना महत्त्वपूर्ण रहेको र यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने वडा नम्बर ५ अध्यक्ष विष्णु प्रसाद बराल वताए ।

प्रकाशित मिति २०८१ मंसिर ७ गते शुक्रबार ०७:४३
हजुरको प्रतिक्रिया