२०८३ साउन २१ गते बिहीबार

१९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा

१९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ९ गते आइतबार १०:४२

मंसिर १४ देखि २३ गतेसम्म हुने एशिया कपमा नेपालको पहिलो खेल मंसिर १४ गते श्रीलंकासँंग रहेको छ । दोस्रो खेल १६ गते बंगलादेश र अन्तिम खेल १८ गते अफगानिस्तानसँग हुनेछ ।

एशिया कप यही मंसिर १४ देखि २३ गतेसम्म युएईमा हुँदै

 

पोखरा ।

१९ वर्षमुनिको एशिया कपका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

एशियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुन लागेको प्रतियोगिता आउँदो शुक्रबारदेखि युएईमा शुरु हुने छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहेका छन् ।

टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् । यसअघि घोषित १८ सदस्यीय टोलीबाट विकेटकिपर दिलसाद अलीसँगै तीव्र गतिका बलरद्वय राजेश यादव र दयानन्द मण्डल टोलीमा परेका छैनन् ।

मंसिर १४ देखि २३ गतेसम्म हुने एशिया कपमा नेपालको पहिलो खेल मंसिर १४ गते श्रीलंकासँंग रहेको छ । दोस्रो खेल १६ गते बंगलादेश र अन्तिम खेल १८ गते अफगानिस्तानसँग हुनेछ ।

एसीसीको आयोजनामा हुने प्रतियोगितामा एशियाका आठ देशले सहभागीता जनाउँदै छन् ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।

 

प्रकाशित मिति २०८१ मंसिर ९ गते आइतबार १०:४२
हजुरको प्रतिक्रिया