२०८३ साउन २१ गते बिहीबार

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सलाई पोखरामा सम्मान

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सलाई पोखरामा सम्मान

हिमाल किसान

@Public 4K Tv

२०८१ मंसिर ९ गते आइतबार ०३:१९

उनले एनपीएलमा गण्डकीको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताए ।

पोखरा ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई पोखराको स्टेप बाई स्टेप माध्यमिक विद्यालयले आइतबार सम्मान गरेको छ ।

विद्यालयमा एक कार्यक्रम गर्दै मार्की खेलाडी भुर्तेलसहित एभेन्जर्सको टिमलाई मायाको चिनो प्रदान गरी आउँदो पहिलो संस्करणको एनपिएलका लागि शुभकामना प्रदान गरेको हो ।

कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले एनपीएलमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको पोखरा एभेन्जर्सलाई जितको शुभकामना दिए । उनले विद्यार्थी पठनपाठनसँगै खेलकुदमा पनि उत्तिकै सहभागी हुन आवश्यक रहेको बताए ।

विद्यालयका सहप्राचार्य दीपक गिरीले विद्यार्थीमाझ क्रिकेटको ज्ञान र रुचि बढाउन कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

मार्की खेलाडी भुर्तेलले विद्यालयको क्रिकेट अभ्यास मैदानको उद्घाटन गरे ।

उनले एनपीएलमा गण्डकीको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताए ।

हरेक विद्यार्थीमा मार्की खेलाडी बन्न सक्ने क्षमता रहेको भुर्तेलले उल्लेख गरे ।

प्रकाशित मिति २०८१ मंसिर ९ गते आइतबार ०३:१९
हजुरको प्रतिक्रिया