२०८३ साउन २१ गते बिहीबार

एनपीएलको ट्रफी अनावरण, ट्रफीमा सगरमाथा आधार शिविरको ढुंगा

एनपीएलको ट्रफी अनावरण, ट्रफीमा सगरमाथा आधार शिविरको ढुंगा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १० गते सोमबार १०:३१

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए ।

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरिएको छ । आज बिहान धरहरा परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफीको अनावरण गरेका हुन् ।

अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित आठ वटा टिमका मार्की खेलाडी सहभागी थिए ।

ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटनमा पनि सहयोग पु¥याउने बताए ।

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले जानकारी दिए ।

उनले यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताए ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण यही मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

एनपीएलका ८ फ्रेन्चाइच टोलीमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स एनपीएलमा सहभागी रहने भएका छन् ।

प्रकाशित मिति २०८१ मंसिर १० गते सोमबार १०:३१
हजुरको प्रतिक्रिया