२०८३ असोज २३ गते शुक्रबार

भारतसँगको तेस्रो टेस्टमा इंग्ल्यान्ड १० विकेटले पराजित

भारतसँगको तेस्रो टेस्टमा इंग्ल्यान्ड १० विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ फागुन १४ गते शुक्रबार ०१:००

पोखरा । भारतीय बलर अक्षर पटेल र रविचन्द्रन आस्विनलाई एकपछि अर्को सफलता मिल्दा इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित हात पारेको छ । बिहीबार दोस्रो दिनमै जित हात पार्ने क्रममा भारतले इंग्ल्यान्डलाई १० विकेटको...

पोखरा । भारतीय बलर अक्षर पटेल र रविचन्द्रन आस्विनलाई एकपछि अर्को सफलता मिल्दा इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित हात पारेको छ ।

बिहीबार दोस्रो दिनमै जित हात पार्ने क्रममा भारतले इंग्ल्यान्डलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । जितसँगै चार टेस्टको सिरिजमा भारतले २-१ को अग्रता लिएको छ ।

खराब ब्याटिङ गरेको इंग्ल्यान्डले दिएको ४९ रनको लक्ष्य भारतले बिनाविकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि रोहित शर्माले नटआउट २५ रन र शुभमान गिलले नटआउट १५ रन जोडे ।

त्यसअघि इंग्ल्यान्ड दोस्रो इनिङ्ग्समा ८१ रनमै अलआउट भएको थियो । जसका कारण भारतले ४९ रनको झिनो लक्ष्य पाएको थियो ।

दोस्रो इनिङ्ग्समा इंग्ल्यान्डका लागि बेन स्टोक्स सबैभन्दा बढि २५ रन जोडे । अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए ।

बलिङमा भारतका अक्षर पटेलले ५ विकेट लिए भने रविचन्द्रन आस्विनले ४ विकेट हात पारे । पटेलले पहिलो इनिङ्ग्समा ६ विकेट लिएका थिए ।

यसअघि पहिलो इनिङ्ग्समा भारत १४५ रन र इंग्ल्यान्ड ११२ रनमा अलआउट भएका थिए । पहिलो इनिङ्ग्समा भारतका लागि ओपनर रोहित शर्माले सबैभन्दा बढी ६६ रन जोडे ।

विराट कोहली २७ रनमा आउट हुँदा अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्के ।

बलिङमा इंग्ल्यान्डका जोए रुटले ५ विकेट लिए भने ज्याक लिचले ४ विकेट हात पारे ।

प्रकाशित मिति २०७७ फागुन १४ गते शुक्रबार ०१:००
हजुरको प्रतिक्रिया