काठमाडौं ।
नेपाल रेडक्रस सोसाइटीले सबै तहका सरकार र साझेदारहरुसँग विपद् र मानवीय सहायताको पक्षमा काम गर्न तत्पर रहेको बताएको छ ।
मंगलवार काठमाडौंमा आयोजित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सबै तहका सरकार र साझेदारहरुसँग विपद् र मानवीय सहायताको पक्षमा काम गर्न तत्पर रहेको बताउनुभएको हो ।
उहाँले विपद्को पूर्वतयारीसँगै अब पूर्वानुमानमा आधारित पूर्वतयारीका कामहरु अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले मानवताको जीवन रक्षाको लागि सहयोग पुग्ने काम रेडक्रसले गरिरहेको जिकिर गर्नुभयो । उहाँले ्रविधि र सिकाईबाट थप प्रभावकारी काम गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विपद्को पूर्वतयारीसँगै अब पूर्वानुमानमा आधारित पूर्वतयारीका कामहरुको सबै कारणले मानवतालाई जीवित राख्ने, मानवताको जीवन रक्षाको लागि सहयोग पुग्ने काम नै हो । प्रविधि र सिकाईबाट थप प्रभावकारी काम गरेर अघि बढ्नेछौँ । नेपाल रेडक्रस सोसाइटी आफ्नो संगठनमार्फत सरकारको सहयोग गर्नेछ । सबै तहका सरकार र अरु सबै साझेदारहरुसँग विपद् र मानवीय सहायताको पक्षमा काम गर्न तत्पर छौँ । नयाँ चुनौतिको सामना हामीले गरेका छौँ । यसमा राज्य, निजी क्षेत्र, सामाजिक संघसंस्थाहरुले एक भएर लाग्नुपर्छ । कसैले एक्लैले मात्र सम्भव छैन । सबैले हातेमालो गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सरकारले एसआरएसपि नीति जारी गर्न लागेको बताउनु भयो । उहाँले एसआरएसपीको राष्ट्रिय मापदण्ड अर्को हप्ता मन्त्रीपरिषद्मा पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कुनैपनि ह्युमानिटिन एक्शनमा काम गर्ने संघ संस्थाहरुले नेपालमा यहाँ अहिले ५०÷६० वटा संघसंस्थाहरु छौँ । यो कोल आउडेटेड वे अफ एक्सपोस्ट रेस्पोन्सको काम गर्न बन्द गरौँ । प्रिपियरनेस रेस्पोन्समा लगानी गरौँ । केही कन्फ्युजन अझै पनि छ । एसआरएसपीको मापदण्ड कार्यविधि मात्र होइन, फाइनान्सियल कुरा पनि इन्भल्व छ । एसआरएसपीको राष्ट्रिय मापदण्ड अर्को हप्ता क्याबिनेटमा पुग्छ । एकीकृत तरिकाको एसआरएसपीको गाइडलाइन आउँदैछ ।’
सरकारले एकीकृत तरिकाको आघात उत्तरदायी सामाजिक सुरक्षा (एसआरएसपी) क्जयअप – च्भकउयलकष्खभ क्यअष्ब िउचयतभअतष्यल नीति बनाइरहेको बताउनु भयो ।
प्रकाशित मिति २०८१ मंसिर ११ गते मंगलबार ०५:२८




