२०८३ साउन २१ गते बिहीबार

बिटुडी स्टुडेन्ट ब्याटलकाे साताैं संस्करण सम्पन्न

बिटुडी स्टुडेन्ट ब्याटलकाे साताैं संस्करण सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ फागुन १६ गते आइतबार १२:३२

पोखरा । बिटुडी डान्स स्टुडियो पोखराले 'बिटुडी स्टुडेन्ट ब्याटल'को साताैं संस्करण सम्पन्न गरेको छ । ब्याटलमा साताै सिजनको सिनियरतर्फको उपाधी अक्षय भण्डारीले जितेका छन् । सिनियर तर्फ अलिसा गहतराज फर्स्ट रनरअप बनिन् भने राजकुमार...

पोखरा । बिटुडी डान्स स्टुडियो पोखराले ‘बिटुडी स्टुडेन्ट ब्याटल’को साताैं संस्करण सम्पन्न गरेको छ ।

ब्याटलमा साताै सिजनको सिनियरतर्फको उपाधी अक्षय भण्डारीले जितेका छन् । सिनियर तर्फ अलिसा गहतराज फर्स्ट रनरअप बनिन् भने राजकुमार नेपालीले सेकेण्ड रनरअपमा चित्त बुझाए ।

बिटुडीमा नृत्य सिकिरहेका विधार्थीहरुलाई उनीहरुले नृत्य सिकिरहेको समयको आधारमा अलग अलग समूह निर्धारण गरि ब्याटलमा सहभागी गरिएको थियो । जसअनुसार, जुनियरको ग्रुप ‘बी’ तर्फको उपाधी विभिसा क्षेत्रीले जितिन् । यही समूहमा किशोर अछामी फर्स्ट रनर अप तथा समिर परियार सेकेण्ड रनरअप  भए । जुनियरकै ग्रुप ‘सि’ तर्फ भने प्रसिद्धि दाहाल प्रथम बन्दा स्यामरिन सुनार र दर्शील श्रेष्ठले दोस्रो उपाधी संयुक्त बाँडे ।  यो समूहमा रेजन चाैधरी र निर्वाण कर्माचार्य सेकेण्ड रनरअप बने ।

प्रतियोगितामा स्मृती तामाङ्, अमृत सुनार र सरिता धनकुटी उत्कृष्ट कोरियोग्राफर घोषित भए ।

प्रतियोगिताको दाैरानमा बिटुडी डान्स स्टुडियोले आफूँहरुद्धारा निर्मित सर्ट फिल्म ‘बि क्रम्प’को जानकारी राखेको थियो भने बाल मनाेविज्ञानमा आधारित भएर ‘शेरा’ नामक अर्को सर्ट फिल्म बनाउने घोषणा समेत गरेको छ ।

कोरोना महामारीले शिथिल नृत्य क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने तयारीका साथ ब्याटल आयोजना गरेको प्रतियाेगिता संयाेजक अमित श्रेष्ठले बताए ।

बिटुडीका सञ्चालक अमन तामाङ्ले अब छिट्टै अल नेपाल च्याम्पिएनसिप अन्तर्गतको डान्स फेस्टिबल गर्ने बताएका छन् ।

कार्यक्रममा गुरुङ् चलचित्रका कलाकार तारा बहादुर गुरुङ्, माेडल तथा कलाकार दिपेन्द्र श्रेष्ठ, लगायत सञ्चारकर्मी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०७७ फागुन १६ गते आइतबार १२:३२
हजुरको प्रतिक्रिया