२०८३ असोज २३ गते शुक्रबार

केपी ओली र माधव नेपाल पक्षबीच छलफल शुरु

केपी ओली र माधव नेपाल पक्षबीच छलफल शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ चैत २ गते सोमबार १२:०७

काठमाडौं । लामो समयको आरोप प्रत्यारोप तथा घोचपेचपछि अन्तत् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ । छलफलमा ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास...

बामदेव समूह छुट्टै छलफलमा

काठमाडौं । लामो समयको आरोप प्रत्यारोप तथा घोचपेचपछि अन्तत् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

छलफलमा ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् ।

गएको २५ कात्तिकपछि टुटेको संवाद चार महिनापछि शुरु भएको हो ।

यता, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।

गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । गाैतमले विभाजित नेकपालाई एक बनाउन अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ ।

प्रकाशित मिति २०७७ चैत २ गते सोमबार १२:०७
हजुरको प्रतिक्रिया