२०८३ साउन २१ गते बिहीबार

एनपिएल आजदेखि, उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुँदै

एनपिएल आजदेखि, उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १५ गते शनिबार ०९:२५

एनपिएलको उद्घाटन खेलमा आज मध्यान्ह सवा १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ ।

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण आजदेखि सुरू हुँदैछ ।

एनपीएल–फेस्टिभल अफ हिमालयज नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

एनपिएलको उद्घाटन खेलमा आज मध्यान्ह सवा १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले एनपिएललाई लिएर आफू उत्साहित भएको बताए ।

आईपीएल देखि विश्वका चर्चित सबै लिग खेलेको अनुभव रहेको सन्दीपले एनपीएलका लागि सबै जना उत्सहित रहेको र आफ्नै लिग खेल्ने सपना पूरा भएको बताए ।

लामिछानेले एनपिएलले तीन–चार वर्षमा आफ्नो उचाइ स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले आज जनकपुरविरूद्धको खेलमा जितका लागि मैदान उत्रने समेत बताए ।

त्यस्तै जनकपुरका कप्तान अनिलकुमार साहले जनकपुरमा अभ्यास गर्न नपाए पनि काठमाडौंमा आएर अभ्यास गरेको बताए ।

अनिलले अहिले एनपीएलले माहोलले सबैलाई उत्सहित बनाएको बताए । विदेशी खेलाडीको आगमनले टोली सन्तुलित बनेको उनको भनाइ थियो ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी आठ टोलीमध्ये जनकपुर बोल्ट्सले मात्र मार्की नरहेका खेलाडीलाई कप्तानको जिम्मेवारी दिएको हो ।

बाँकी सात टोलीले भने मार्की खेलाडीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेका छन् ।

जसमा मार्की खेलाडी विराटनगर किङ्सका सन्दीप लामिछाने, कर्णाली याक्सका सोमपाल कामी, चितवन राइनोजका कुशल मल्ल, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भूर्तेल, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीलाई नै कप्तानको जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै जनकपुरका मार्की खेलाडी भने आशिफ शेख छन् । जनकपुरका कप्तान अनिल शाहले आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको बताए ।

सहभागी आठै टोलीका कप्तानले आ–आफ्नो टोलीले प्रतियोगिताको उपाधि जित्ने दावी गरेका छन् ।

प्रकाशित मिति २०८१ मंसिर १५ गते शनिबार ०९:२५
हजुरको प्रतिक्रिया