२०८३ साउन २१ गते बिहीबार

पोखरेली गायक रोहनजंग कार्कीको ‘माया तिमी’ गीत सार्वजनिक

पोखरेली गायक रोहनजंग कार्कीको ‘माया तिमी’ गीत सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १५ गते शनिबार ०६:३०

पोखरा पोखरेली गायक रोहनजंग कार्कीको ‘माया तिमी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कार्कीले हालसालै बजारमा ल्याएको सो गीतको म्यूजिक भिडियो शनिबार एक औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोको पोखरा...

पोखरा
पोखरेली गायक रोहनजंग कार्कीको ‘माया तिमी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । कार्कीले हालसालै बजारमा ल्याएको सो गीतको म्यूजिक भिडियो शनिबार एक औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोको पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती पद्मराज ढकालले ल्यापटपमा क्लिक गरेर सार्वजनिक गरेका हुन् । कार्की गोल्डेन आईडल–२०७० का बिजेता पनि हुन् ।

कार्कीको स्वरमा रहेको गीतको शव्द, कम्पोजर र एरेञ्जर अमित गुरुङको हो । गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ पल्स रेकर्डिङ स्टुडियो पोखरामा गरिएको गीतको म्यूजिक भिडियोको निर्देशन, छायांकन र ईडिटिङ नविन थापाले गरेका छन् । गीतमा जीवन वाग्ले, अशु गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ । गीतको म्यूजिक भिडियोको छायांकन पर्यटकीय गाउँ सिक्लेशमा गरिएको गायक रोहनजंग कार्कीले जानकारी दिए ।

प्रकाशित मिति २०८१ मंसिर १५ गते शनिबार ०६:३०
हजुरको प्रतिक्रिया