पोखरा
एसीसी पुरुष यू–१९ एसिया कपमा नेपालले आज बंगलादेशसंग खेल्दै छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यो खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।
पहिलो खेलमा पराजित भएपछि नेपाललाई जितको दबाब छ । यसअघि नेपाली टोलीले श्रींलकासँग ५५ रनको हार व्यहोरेको थियो । आजको खेल नेपालाई पुनरागमनको अवसरको रुपमा रहेको छ ।
तर साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो ।
अघिल्लो सिजनको फाइनलमा बंगलादेशले आयोजक यूएईलाई हराएर उपाधि जितेको थियो । बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो ।
प्रतियोगितामा आठ वटा देश सहभागी छन् । १९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ’ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ’बी’ मा नेपाल, श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
नेपालले तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रकाशित मिति २०८१ मंसिर १६ गते आइतबार ०९:४०