२०८३ साउन २१ गते बिहीबार

हुएस्काविरुद्द मेस्सीको दुई गोल,एट्लेटिको मड्रिडसँग दुरी छोट्टियाे

हुएस्काविरुद्द मेस्सीको दुई गोल,एट्लेटिको मड्रिडसँग दुरी छोट्टियाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ चैत ३ गते मंगलबार ०१:५५

पोखरा । लिओनल मेस्सीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा हुएस्कालाई ४-१ ले पराजित गरेको छ । हुएस्कालाई पराजित गरेसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना अब शीर्ष स्थानको एट्लेटिको मड्रिडबाट अंकदूरी...

पोखरा । लिओनल मेस्सीको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा हुएस्कालाई ४-१ ले पराजित गरेको छ । हुएस्कालाई पराजित गरेसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लेको छ । बार्सिलोना अब शीर्ष स्थानको एट्लेटिको मड्रिडबाट अंकदूरी ४ मा झारेको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमान बराबरी गर्दा दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले बार्सिलोनाका लागि ७६७ खेल खेलेलका हुन् । सन् २००४ मा डेब्यु गरेका मेस्सीले ला लिगामा ५१० खेल खेलेका छन् ।

मेस्सीले खेलको १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै अग्रता दोब्बर पारे । हुएस्काका राफा मिरले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीबाट गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

तर बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्यो । ओस्कार मिगुएजाले मेस्सीको पासमा ५३औं मिनेटमा गोल गरे । मेस्सीले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ४-१ को सहज जित हात पारेको हो ।

जितपछि २७ खेलबाट ५९ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ भने लिग लिडर एट्लेटिकोलाई पछ्याइरहेको छ । एट्लेटिकोको समान खेलबाट ६३ अंक छ ।

यस्तै २७ खेल खेलेको रियल ५७ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

प्रकाशित मिति २०७७ चैत ३ गते मंगलबार ०१:५५
हजुरको प्रतिक्रिया