२०८३ साउन २१ गते बिहीबार

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १७ गते सोमबार ०९:४१

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अहिले काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दैछन् । चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

काठमाण्डौ गुर्खाजसँगको खेलमा टस जितेर चितवन राइनोजले बलिङ गर्दै

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अहिले काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दैछन् । चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

करण केसी मार्की खेलाडी रहेको काठमाण्डौको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वसहायक प्रशिक्षक वसन्त शाही छन् ।

टोलीमा भीम सार्की, रासिद खान र शाहब आलम घरेलु खेलाडी छन् भने विदेशीखेलाडीमा नामिबियाका जेर्हार्ड इरासमस, नेदरल्यान्ड्सका माइकल लेभिट, अस्ट्रेलियाका स्टेफन सिन इस्किन्जी र इङ्लिस खेलाडीद्वय डान ड्वाउथवेट र नाथन साउटर रहेका छन् ।

यस्तै कुशल मल्ल मर्की खेलाडी रहेको चितवन राइनोजको मुख्य प्रशिक्षकमा नेपाली सिनियर पुरुष टोली सम्हालिसकेका उमेश पटवाल छन् ।

चितवनले इङ्ल्यान्डका पूर्वब्याटर रवि बोपारा, पाकिस्तानका सोहेल तान्विर, अफगानिस्तानका हसन इसाखिल, इङ्ल्यान्डका लुक बेन्किन्सटन र नामिबियाका जान निकोल लोफ्टी इटोनलाई अनुबन्ध गरेको छ ।

यसैबीच आज दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । शनिबार भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई हराएको थियो ।

 

प्रकाशित मिति २०८१ मंसिर १७ गते सोमबार ०९:४१
हजुरको प्रतिक्रिया