२०८३ असोज २४ गते शनिबार

आइओसीको चार्टर विपरित एनओसीले काम गरिरहेको छः ६ वटा खेल संघ

आइओसीको चार्टर विपरित एनओसीले काम गरिरहेको छः ६ वटा खेल संघ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १७ गते सोमबार ०९:४५

नेपाल रग्बी संघ, नेपाल घोडचढी, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ, नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघ र नेपाल आइस हक्की संघ गरी ६ वटा खेल संघले आफूहरु योग्य भए पनि एनओसीले अन्यायपूर्वक रूपमा सदस्यता नदिएको आरोप लगाएका हुन् ।

काठमाडौं ।

नेपाली खेलकुदका ६ वटा खेल संघले योग्य भएर पनि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अन्यायपूर्वक ढंगले ओलम्पिकको मुभमेण्टमा आफूहरूलाई बाहिर राख्दै आएको आरोप लगाएका छन् ।

आईतबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै ६ वटा खेल संघले सबै पक्षमा आफूहरू योग्य भएपनि एनओसीले आफूहरुलाई अन्यायपूर्ण तरिकाले सदस्यता लिनबाट वञ्चित गरेको आरोप लगाएका हुन् ।

नेपाल रग्बी संघ, नेपाल घोडचढी, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ, नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघ र नेपाल आइस हक्की संघ गरी ६ वटा खेल संघले आफूहरु योग्य भए पनि एनओसीले अन्यायपूर्वक रूपमा सदस्यता नदिएको आरोप लगाएका हुन् ।

६ वटै संघले नेपाली खेलकुद सञ्चालन हुने राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को धारा १८ को परिच्छेद ८ बमोजिम एनओसीको सदस्य बन्न योग्य रहेको उल्लेख गरेका छन् ।

साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को चार्टरमा उल्लेख गरिएको धारा २८ को उपधारा १ अनुरूप आइओसीबाट स्वीकृत अन्तर्राष्ट्रिय खेल संघले ओलम्पिकको सदस्यता पाउने उल्लेख भएपनि एनओसीले त्यसलाई बेवास्ता गरेको ती संघको आरोप छ ।

साथै एनओसीले आफ्नै विधान पनि लत्याउँदै आएको नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघका अध्यक्ष रमेश पौडलले बताए ।

सो अवसरमा नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले भने एनओसीले आफूहरुलाई झुक्काइरहेको बताए ।

कर्णिकारले आफूहरूले लगातार आग्रह गरे पनि एनओसीको नेतृत्वले कहिल्यै पनि नाइ नभनेको र तर सदस्यता पनि नदिएको दुखेसो गरे ।

उनले एनओसीको सदस्यता नपाउँदा अन्तर्राष्ट्रिय महासंघबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित भएको उल्लेख गरेका छन् । आफूहरूले पटकपटक एनओसीसँग छलफलको प्रयास गरे पनि बेवास्ता गरेपछि आदालतमा पनि गएको संघहरूले बताएका छन् ।

साथै संघहरूले एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक चार्टरविपरीत काम गर्दै आएको आरोप लगाएका छन् ।

एनओसीका अध्यक्ष श्रेष्ठले राष्ट्रिय खेलकुद विकास ऐनलाई नै लत्याउने गरी विधान संशोधन गरेर तेस्रो पल्ट नेतृत्वमा आउने प्रयास गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति २०८१ मंसिर १७ गते सोमबार ०९:४५
हजुरको प्रतिक्रिया