२०८३ साउन २१ गते बिहीबार

नेपाल प्रिमियर लिगको तेस्रो खेलमा कर्णाली याक्स्विरुद्ध जनकपुर बोल्ट्सको सानदार जित

नेपाल प्रिमियर लिगको तेस्रो खेलमा कर्णाली याक्स्विरुद्ध जनकपुर बोल्ट्सको सानदार जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १७ गते सोमबार ०४:४१

भारतीय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडीको प्रदर्शन कामजोर थियो । एक खेलको ४० लाख पारिश्रमिक लिने सम्झौतामा एनपीएल खेल्ने नेपाल आएका भारतीय स्टार क्रिकेटर धवनले १४ बलमा १४ रन बनाउँदै आउट भए ।

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले सहज जित निकालेको छ । २० ओभरको खेलमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गरको हो ।

खेलमा जनकपुरका कप्तानसमेत रहेका अनिलकुमार शाहले एनपीएलमा आफ्नो अर्धशतकीय पूरा गरे । उनी ६२ रनमा अविजित रहे । अनिल र आसिफ शेखले जनकपुरको पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । आसिफ ३६ रनमा आउट हुँदा लाहिरू मिलन्थाले २४ रन जोडे । जिमी निशम १६ रनमा अविजित रहे ।

टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको मध्यम योजफल प्रस्तुत गरेको थियो । १७ ओभर पछीका ओभरमा कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे । सोमपाल १३ बलमा २९ रनमा अविजित रहे । अर्जुनले २२ बलमा ३३ रन बनाए । पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । गुल्सनकुमार झाले ३६ रनको योगदान दिए ।

जनकपुरको कसिलो बलिङ सामू कर्णालीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन् । भारतीय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडीको प्रदर्शन कामजोर थियो । एक खेलको ४० लाख पारिश्रमिक लिने सम्झौतामा एनपीएल खेल्ने नेपाल आएका भारतीय स्टार क्रिकेटर धवनले १४ बलमा १४ रन बनाउँदै आउट भए ।

चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए । जनकपुरको यो दोस्रो जित हो । यसअघि शनिबार भएको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति २०८१ मंसिर १७ गते सोमबार ०४:४१
हजुरको प्रतिक्रिया