२०८३ असोज २३ गते शुक्रबार

अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछः मन्त्री सुडी

अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछः मन्त्री सुडी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १८ गते मंगलबार ०४:५०

आउँदो आर्थिक वर्षको बजेटमा यस शिर्षकमा बजेट छुट्याउँदै निजी तथा सरकारी निकायहरुसँग समन्वय गरेर देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयता सामग्री प्रदान गरिने बताउनु भयो ।

काठमाडाै ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मंगलवार अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले आउँदो आर्थिक वर्षको बजेटमा यस शिर्षकमा बजेट छुट्याउँदै निजी तथा सरकारी निकायहरुसँग समन्वय गरेर देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयता सामग्री प्रदान गरिने बताउनु भयो ।

उहाँले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै दिवसले जीवनयापनको संवैधानिक हक सुनिश्चित गर्न सबैलाई प्रेरणा मिल्ने बताउनु भयो । अपाङ्गता भएका नागरिकको क्षेत्रमा देखिने गरी काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हालसम्म प्राप्त भएका उपलब्धीहरुको संरक्षण गरी थप उपलब्धी प्राप्त गर्ने दिशामा अपाङ्गता भएका व्यक्तिहरु सक्रिय यस क्षेत्रमा सरकारी तथा गैरसरकारी संघ संस्था सबैको तर्फबाट सहयोग हुने अपेक्षा लिएको छु । हालसम्म प्राप्त उपलब्धी हासिल गर्न योगदान गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै थप योगदानको लागि अनुरोध समेत गर्दछु । यस महान दिवसको अवसरमा अपाङ्गता अधिकारप्रति सबैको सकारात्मक धारणा विकास हुन सकोस् । सबैलाई सम्मानपूर्ण जीवनयापनको संवैधानीक सुनिश्चित गर्न आजको दिनले हामी सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्न चाहन्छु । अपाङ्गता भएका नागरिकको क्षेत्रमा हामी केही गरेर देखाउन चाहन्छौं । त्यसैले यस्ता खाले कार्यक्रमहरु काठमाडौंमा मात्र नभई सात वटै प्रदेश र ७७ वटै जिल्लामा गर्नुपर्दछ । आज हामीले सांकेतिक रुपमा एउटा सहायता सामग्रि प्रदान गरेका छौं । ७७ वटै जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयता सामग्री वितरण गर्नेछौं । अपाङ्गता भएका व्यक्तिहरुका आवश्यक पर्ने सहायता सामग्री उपलब्ध गराउँछौं । यसको लागि आउँदो आर्थिक वर्षको बजेटमा समावेश गरेर र सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरेर सहायता सामग्रिको व्यवस्था गर्छौं । मैले मन्त्रीको रुपमा कार्यभार सम्हालेपछि अपाङ्गता भएका व्यक्तिहरुका लागि कसरि सहयोग जुटाउन सकिन्छ भनेर लागिपरेको छु ।’

उहाँले गत सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने भनरे सम्झौता गरेपनि बजेट नछुट्याएको बताउनु भयो । बजेट बन्ने समयसम्म आफू मन्त्री रहेको खण्डमा बजेटको प्रवन्ध गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता प्रदान गर्ने उहाँको प्रतिवद्धता छ ।

प्रकाशित मिति २०८१ मंसिर १८ गते मंगलबार ०४:५०
हजुरको प्रतिक्रिया