२०८३ साउन २१ गते बिहीबार

एनपिएल : पहिलो खेलमा कर्णाली याक्स र काठमान्डु गर्खाज भिड्दै

एनपिएल : पहिलो खेलमा कर्णाली याक्स र काठमान्डु गर्खाज भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १९ गते बुधबार ०९:२१

काठमान्डु गुर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेको छ । टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले पहिले फिल्डिङ गर्ने निर्णय लिँदै कर्णालीलाई ब्याटिङको निम्तो दिएका छन् ।

 

पोखरा ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् ।

आज कर्णाली याक्स र काठमाडौं गुर्खाज तथा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा अहिले कर्णाली याक्स र काठमान्डु गर्खाजबीच प्रतिश्पर्धा हुँदै छ ।

काठमान्डु गुर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेको छ । टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले पहिले फिल्डिङ गर्ने निर्णय लिँदै कर्णालीलाई ब्याटिङको निम्तो दिएका छन् ।

कर्णाली र काठमाडौं दुवै टोलीले यसअघि १–१ खेलिसकेका छन् । जसमा यी दुवै टोली पराजित भएका छन् ।

काठमाडौं गुर्खाजलाई चितवन राइनोजले पराजित गरेको छ भने कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले स्तब्ध पारेको छ ।

कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामी र काठमान्डु गुर्खाजका मार्की करण केसी दुवै राष्ट्रिय टोलीका अनुभवी पेस बलर हुन् ।

यसैगरी यसअघिका आफ्ना दुवै खेलमा पराजित भएको विराटनगर किंग्सले आज लुम्बिनी लायन्स्सँग खेल्दै छ ।

यी दुई टीमबीचको खेल दिउँसो १ बजेबाट सुरु हुने छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको

विराटनगर किंग्स यसअघि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्ससँग पराजित भइसकेको छ ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले भने आज पहिलो खेल खेल्दै छ ।

लुम्बिनीको टिममा चर्चित अष्ट्रेलियन अलराउण्डर बेन कटिङ छन् भने सन् २०१२ मा भारतलाई यू–१९ विश्वकप विजेता बनाउने कप्तान उन्मुक्त चन्द पनि छन् ।

यस्तै क्यानडाका साद बिन जफर, इंग्ल्याण्डका टम मुर्स र बार्बाडोसका रामोन सिमोन्ड्स पनि टीममा छन् ।

 

 

 

प्रकाशित मिति २०८१ मंसिर १९ गते बुधबार ०९:२१
हजुरको प्रतिक्रिया