२०८३ असोज २३ गते शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १९ गते बुधबार ०२:२२

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति २०८१ मंसिर १९ गते बुधबार ०२:२२
हजुरको प्रतिक्रिया