२०८३ असोज २४ गते शनिबार

लयमा जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्सकाे लगातार दाेस्राे हार

लयमा जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्सकाे लगातार दाेस्राे हार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २० गते बिहीबार १२:५१

काठमाडौं । जिमी नीशमको अलराउण्ड प्रदर्शनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पार्दा पोखरा एभेन्जर्सले लगातार दाेस्राे खेलमा पराजय व्यहाेरेकाे छ । जनकपुरले बिहीबारकाे पहिलाे खेलमा पोखरा एभेन्जर्सलाई...

जनकपुरकाे तेस्राे जितमा पोखरा एभेन्जर्स ७ विकेटले पराजित

काठमाडौं ।

जिमी नीशमको अलराउण्ड प्रदर्शनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित हात पार्दा पोखरा एभेन्जर्सले लगातार दाेस्राे खेलमा पराजय व्यहाेरेकाे छ ।

जनकपुरले बिहीबारकाे पहिलाे खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्राे जित हात पार्ने टाेली बनेकाे हाे ।

लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।

मिलान्थाले ३२ बल खेल्दै ८ चौका मद्तमा सर्वाधिक ४५ रन बनाए । यस्तै नीशमले २० बल खेल्द ५ छक्का मदतमा अविजित ४० रन जोडे । आसिफ शेखले ३४ बलमा ३३ रन बनाए । हर्श थाकरले १३ रन जो८ । कप्तान अनिल शाह १ रनमा आउट भए ।

पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो । पोखराका लागि म्याट क्रिटलेले ३० बल खेल्दै ३ चौका र १ छक्का मद्तमा सर्वाधिक ३५ रन बनाए ।

माइकल लिस्कले २५, आन्द्रेस गौसले २० तथा रेमोन रेइफरले १७ रन जोडे ।

बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ३१ रन खर्चिए । जिमी नीशमले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

किफायती बलिङ गरेका मोहमम्द मोहसिनले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर १ विकेट लिए । किशोर महतोले पनि १ विकेट लिए । उनले ४ ओभरमा ३२ रन खर्चिए ।

जारी प्रतियाेगिताकाे महंङ्गाे टाेली पाेखराले हालसम्म लय भेटन सकिरहेकाे छैन ।

प्रकाशित मिति २०८१ मंसिर २० गते बिहीबार १२:५१
हजुरको प्रतिक्रिया