२०८३ साउन २१ गते बिहीबार

स्वास्थ्य स्वयंमसेविकाले नै मन्त्रालयको ईज्जत धान्ने काम गरेका छन् : सचिव पोखरेल

स्वास्थ्य स्वयंमसेविकाले नै मन्त्रालयको ईज्जत धान्ने काम गरेका छन् : सचिव पोखरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २० गते बिहीबार ०४:०४

उनले भने,‘स्वास्थ्यकै स्वयंमसेविका भन्ने भएकाले तपार्इंहरुले भोलेन्टियर गर्दिएर जहाँ जाँदा पनि जुन देश जाँदा पनि सबैले स्वयंमसेविकाको नै कुरा गर्छन् । नेपाल सरकारको,स्वास्थ्य मन्त्रालयको ईज्जत धान्ने काम तपाईहरुले गर्दिनु भएको छ ।

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले, स्वास्थ्य स्वयंमसेविकाले नै ,स्वास्थ्य मन्त्रालयको ईज्जत धान्ने काम गरेको बताएका छन् ।

बिहीबार काठमाडौंमा २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले, स्वास्थ्य स्वयंमसेविकाले नै ,स्वास्थ्य मन्त्रालयको ईज्जत धान्ने काम गरेको भन्दै स्वयंमसेविकाको उचित व्यवस्थापन आवश्यक रहेको बताए ।

उनले भने,‘स्वास्थ्यकै स्वयंमसेविका भन्ने भएकाले तपार्इंहरुले भोलेन्टियर गर्दिएर जहाँ जाँदा पनि जुन देश जाँदा पनि सबैले स्वयंमसेविकाको नै कुरा गर्छन् । नेपाल सरकारको,स्वास्थ्य मन्त्रालयको ईज्जत धान्ने काम तपाईहरुले गर्दिनु भएको छ । त्यही कारण मैले छाती फुलाएर हिड्न पाउँछु । अब तपाईंहरुको उचित व्यवस्थापनको कुरा छ । तपाईंहरुले जुन काम गर्नु भएको छ त्यसलाई सिस्टममा ल्याउन के गर्ने ,कुन योग्यताको आवश्यकता पर्छ ,कुन तालिमको आवश्यकता पर्छ त्यो सबैले सक्ने नसक्ने छुट्याएर अपग्रेडमा हालेर सिस्टममा लैजाउ ।’

उनले स्वास्थ्यको स्वयंमसेविकालाई अन्य क्षेत्रले प्रयोग गरी कामको लोड बढाउने र श्रम शोसन गर्ने समस्या रहेको बताए ।

उनले भने,‘स्वास्थ्यको स्वयंमसेविकालाई अन्य क्षेत्रले प्रयोग गर्दा स्वास्थ्यलाई सोध्नु प¥यो अब । कामको लोड बढ्ने भयो । काम हामीसँगै छ नि दिने हो भने । हामी स्थानिय तहमा पनि समन्वय गरेर के काम गर्न सकिन्छ हेरौं । तर काम थपिँदै जाँदा केही सुविधा दिन सकेनौं भने श्रम शोसणमा जानु भएन हामी ।’

प्रकाशित मिति २०८१ मंसिर २० गते बिहीबार ०४:०४

हजुरको प्रतिक्रिया