२०८३ साउन २१ गते बिहीबार

अढाइ महिना लामाे नेकपाकाे बैठक के के निर्णयमा पुग्याे त ?

अढाइ महिना लामाे नेकपाकाे बैठक के के निर्णयमा पुग्याे त ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २७ गते शनिबार ०२:४८

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सरकारकाे तथा अध्यक्ष दाहाललाई पार्टीकाे कामकाे जिम्मा दिने गरी बैठकले टुंगाे लगाएकाे जानकारी दिए । यससँगै पार्टीको कार्यकारी अध्यक्षको भूमिका दाहाल रहनेछन् भने ओलीले बाँकी पुरै कार्यकाल सरकारको पुरै कार्यकाल नेतृत्व गर्नेछन् । साथै सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर निर्णयहरू गर्दा भने सरकारले पार्टीमा छलफल गर्नुपर्ने गरी सहमति जुटेकाे छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे अढाइ महिना बढि समय चलेकाे बैठक शुक्रबार सकिएकाे छ ।

नेकपाका दुइ अध्यक्षहरू बीचकाे तिक्तताका कारण लम्बिएकाे बैठककाे अन्तिम दिन अध्यक्ष पुष्पकमल दाहालकाे कुर्सी अग्रपंतिकाे मध्यभागमा देखिएबाट पार्टीकाे आगामि दिनहरूकाे संकेत समेत गरेकाे छ । बैठककाे अन्तिम दिनमा अध्यक्ष दाहालकाे दायाँतर्फ अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनाल तथा बायाँतर्फ माधव नेपाल र बामदेव गाैतम रहने गरी व्यवस्था मिलाइएकाे थियाे । असार १० गतेदेखि शुरू भएकाे बैठकमा फेरिँदै गएकाे आसन व्यवस्थापनले पार्टीभित्रकाे शक्ति संघर्षलाइ प्रतिबिम्बित गर्ने विश्लेषकहरू बताउँछन् ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सरकारकाे तथा अध्यक्ष दाहाललाई पार्टीकाे कामकाे जिम्मा दिने गरी बैठकले टुंगाे लगाएकाे जानकारी दिए । यससँगै पार्टीको कार्यकारी अध्यक्षको भूमिका दाहाल रहनेछन् भने ओलीले बाँकी पुरै कार्यकाल सरकारको पुरै कार्यकाल नेतृत्व गर्नेछन् । साथै सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर निर्णयहरू गर्दा भने सरकारले पार्टीमा छलफल गर्नुपर्ने गरी सहमति जुटेकाे छ ।

त्यसै गरी बैकले पार्टीकाे एकताको महाधिवेशन यही चैत्र २५ देखी ३० सम्म काठमाडौँमा गर्ने र त्यसकाे तयारीका लागि कार्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटीको बैठक बस्ने समेत तय गरेकाे छ । पार्टीभित्रका सैद्धान्तिक बहसलाई समेत महाधिवेशनबाटै टुंगाे लगाइने छ ।

त्यस्तै बैठकले लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितका नेपालको भूमि र्फिता गराउने सवालमा सरकारलाई सहयोग गर्ने तथा नेपाली भूमिबाट भारतीय सेना हटाउन राजनीतिक तथा कुटनैतिक पहल गर्ने पनि निर्णय गरेकाे छ । त्यसै गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी र व्यवस्थित भुमिका निर्वाह गर्ने समेत बैठकमा सहमति भएकाे छ ।

नेकपामा विवादकाे विषय बन्दै आएकाे एमसीसीलाई समेत बैठकले अनुमाेदन गर्ने निर्णयमा पुगेकाे छ । झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई मध्येनजर गर्दै आवश्यकता अनुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय भएकाे प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति २०७७ भदौ २७ गते शनिबार ०२:४८
हजुरको प्रतिक्रिया