२०८३ साउन २१ गते बिहीबार

इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्

इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २४ गते सोमबार ०३:२६

अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भत्र्सनायोग्य रहेको बताउनु भयो । गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमवार (आज) बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान शुरु गरेका हुन् ।  

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गर्नुभएको छ ।

सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक उभिन आग्रह गर्नुभयो । उहाँले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताउनु भयो । उहाँले प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको बताउनु भयो । उहाँले नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्याय, सत्यको पक्षमा उभिनुपर्छ र अन्याय र अत्याचारको बिरुद्धमा, फासिजमको बिरुद्धमा हामी दृढतापूर्वक उभिनुपर्छ । हाम्रो देश नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्छ । गर्दै आएको पनि छ । अहिलेको सरकारले जसरी जघन्य मानवअधिकारको हनन, मानव अधिकारको जघन्य हनन भइरहेको छ, हत्या भइरहेको छ, क्रुरताको पराकाष्ठामा प्यालेस्टाइनीमाथि जसरी व्यवहार भइरहेको त्यो निन्दनीय र खेदजनक छ । यस्ता कुरामा पनि तटस्थ बस्ने सरकारको यो नीति हो भने यो भत्र्सनायोग्छ । निन्दनीय छ । नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्छ । न्याय र अन्याय छुट्याउन सकेन र सहीको पक्षमा उभिन सकने भने, अमानवताको पक्षमा उभियो भने त्यो भन्दा गम्भीर कुरा अरु केही हुन सक्दैन । हामी नेपाल जनता प्यालेस्टाइनी जनताको पक्षमा रहेका छाँै । जनताको कुरा गर्ने हो भने इजरायली जनतालाई पनि भन्न चाहन्छु, आफ्नो देशको फास्सिट नीति अवलम्वन गर्ने त्यस्ता शासकको पछि नलाग्नुस्, न्यायको पक्षमा उभिनुस् ।’

अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भत्र्सनायोग्य रहेको बताउनु भयो । गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमवार (आज) बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान शुरु गरेका हुन् ।

प्रकाशित मिति २०८१ मंसिर २४ गते सोमबार ०३:२६
हजुरको प्रतिक्रिया