पोखरा ।
एसीसी यू–१९ वुमन्स एसिया कपको लागि नेपाल यू–१९ महिला टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यही डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा आयोजना हुने एसिया कपका लागि सोमबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
युएईमा भएको आईसीसी यू–१९ वुमन्स विश्वकप एसिया छनोटको उपाधि जितेको नेपाली टोलीबाट एक खेलाडी बाहेक सबैले टिममा निरन्तरता पाएका छन् ।
छनोट खेलेकी मनिषा उपाध्यया टिम बाहिर हुँदा किरण कुमारी कुँवर र अनु कडायत टिममा थपिएका छन् भने बाँकी १३ खेलाडी टिममा यथावत छन् । उपकप्तानमा सोनी पाख्रिन छन् ।
यस्तै अन्य खेलाडीमा, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, एलिसा कुमारी यादव, कृष्मा गुरुङ, तृष्णा विक, रिया शर्मा, रचना चौधरी, सिमाना केसी र स्नेहा महराले टिममा निरन्तरता पाएका छन् ।
महिला यू–१९ एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह बी मा छ । नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।

प्रकाशित मिति २०८१ मंसिर २५ गते मंगलबार १०:४८