२०८३ साउन २१ गते बिहीबार

पोखरामा प्रथम अन्नपूणर् अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु

पोखरामा प्रथम अन्नपूणर् अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २५ गते मंगलबार ०७:३१

प्रतियोगिताको पहिलो खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका सेतोले कास्कीको अन्नपूणर् गाउँपालिका कालोलाई ५०-२२ ले पराजित गर्‍यो । दोस्रो खेलमा कास्कीको अन्नपूणर् गाउँपालिका सेतोले म्याग्दीको अन्नपूणर् गाउँपालिका सेतोलाई ४६-४२ अङ्कले पराजित गर्‍यो ।

पोखरा ।

कास्कीको अन्नपूणर् गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा आजदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका सेतोले कास्कीको अन्नपूणर् गाउँपालिका कालोलाई ५०-२२ ले पराजित गर्‍यो । दोस्रो खेलमा कास्कीको अन्नपूणर् गाउँपालिका सेतोले म्याग्दीको अन्नपूणर् गाउँपालिका सेतोलाई ४६-४२ अङ्कले पराजित गर्‍यो ।

यस्तै तेस्रो खेलमा कास्कीको अन्नपूणर् गाउँपालिका कालो र पर्वतको मोदी गाउँपालिकाले कास्कीको अन्नपूणर् गाउँपालिका कालोलाई ५५-३० ले पराजित गर्‍यो । चौथो खेलमा बेनी नगरपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५३-२२ ले पराजित गर्‍यो ।

पाचौ खेलमा पोखरा महानगरपालिकाले कास्कीको अन्नपूणर् गाउँपालिका सेतोलाई ५३-३५ ले पराजित गर्‍यो । छैठौं खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ५०-४३ ले पराजित गर्‍यो । प्रतियोगिता लिककम नकआउटको आधारमा सञ्चालन भइरहेको छ । बुधबार पुनः लिगचरणका खेलहरु नै सञ्चालन हुने आयोजकले जनाएको छ ।

लिक कम नकआउटको आधारमा सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूणर् अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १ लाख १५ हजार १ सय ११, उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।

यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५/१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ ।

प्रकाशित मिति २०८१ मंसिर २५ गते मंगलबार ०७:३१
हजुरको प्रतिक्रिया