पोखरा ।
पोखरा महानगरपालिका वडानम्बर २३मा ‘पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा सुरु भएको कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्याटन गरे ।
चापाकोट पर्यटन समितिले विगत वर्ष देखिनै कार्यक्रम आयोजना गरेर यस क्षेत्रको प्रचार प्रसारमा काम गरेको आचार्यले बताए । फेवाको उत्तर तर्फको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको आचार्यले बताए ।
महिला भलिबलले पछिल्ला दिनमा राम्रो प्रदर्शन गरिहेको बताउदै आचार्यले महिला भलिबल प्रतियोगिता राखेर आयोजकले खेलकुदको प्रवद्र्धनमा समेत कम गरेकोमा धन्यवाद व्यक्त गरे ।
समितिका अध्यक्ष भीम पराजुलीले महिला भलिबलको प्रवद्र्धन गर्ने उदेश्यले महिला प्रतियोगिता आयोजना गरिएको बताए । उनले वडानम्बर १३ को बामदीमा प्याराफिट सहितको मैदान बनाउने उदेश्य रहेको बताए । सास्कृतिक कार्यक्रमको रुपमा विगत पाँच वर्ष देखि आयोजना हुदैँ आए पनि अहिलेबाट महिला भलिवल प्रतियोगिता पनि समावेस गरिएको पराजुलीको भनाई छ ।
समितिका सचिव धनश्याम पराजुलीले महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम तीन दिनसम्म संचालन हुने जानकारी दिए ।
प्रकाशित मिति २०८१ मंसिर २८ गते शुक्रबार ०७:३०




