२०८३ साउन २१ गते बिहीबार

दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा नेपाल आदर्श सबलाइम माविसँग पराजित

दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा नेपाल आदर्श सबलाइम माविसँग पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २९ गते शनिबार ०७:४६

प्रतियोगिताको दोस्रो खेलमा राष्ट्रिय माविले अमरसिंह माविलाई १-० गोलले पराजित गरेको छ । पहिलो हाफ बराबरी भएको खेलमा दोस्रो हाफको इन्जुरी समयमा बिपिन मगरले गोल गरेको थिए । विपिन दोस्रो खेलको प्लेयर अफ द म्याच चुनिए ।

पोखरा ।

गण्डकी विश्वविद्यालयको आयोजनामा पोखरा रंगशालामा भएको पहिलो खेलमा सबलाइम माध्यामिक विद्यालयले नेपाल आदर्शलाई २-० गोल अन्तरले पराजित गरेको छ । खेलको ३०औं मिनेटमा सौरभ परियारले गोल गर्दै सबलाइमलाई अग्रता दिलाएका थिए । ४४आंै मिनेटमा मनिष विकले गोल गर्दै सबलाइमलाई दोब्बर अग्रतामा पुर्‍याए । खेलको प्लेयर अफ द म्याच सबलाईमका सौरभ परियार घोषित भए ।

प्रतियोगिताको दोस्रो खेलमा राष्ट्रिय माविले अमरसिंह माविलाई १-० गोलले पराजित गरेको छ । पहिलो हाफ बराबरी भएको खेलमा दोस्रो हाफको इन्जुरी समयमा बिपिन मगरले गोल गरेको थिए । विपिन दोस्रो खेलको प्लेयर अफ द म्याच चुनिए ।

शान्ति निकुञ्ज र फिष्टेल एकेडेमीबीच भएको तेस्रो खेल पहिलो हाफमा कुनै गोल हुन सकेन् । फिष्टेलका प्रयुग भट्चनले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, उनले गोल गरेको १ मिनेटमै शान्ति निकुञ्जका विश्वास गुरुङले गोल गरेपछि खेल निर्धारित समयसम्म १-१ बराबरीमा टुङगियो । पेनाल्टी सुटआउटमा पुगेको खेलमा शान्ति निकुञ्जका गोल रक्षक आशिक गुरुङले उत्कृष्ट बचाउँ गर्दै खेल ४-३ अन्तरमा फिष्टेल एकेडेमी पराजय भयो । आशिक गुरुङ प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत भोली ६ खेल हुँदैछन् । पुस ३ गतेसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशका २३ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८१ मंसिर २९ गते शनिबार ०७:४६
हजुरको प्रतिक्रिया