२०८३ साउन २१ गते बिहीबार

एनपिएल : कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम रोयल्स

एनपिएल : कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्दै सुदूरपश्चिम रोयल्स

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १ गते सोमबार ०९:१६

सुदूरपश्चिम रोयल्स ६ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ पुगिसकेको छ ।
लिगको अन्तिम खेलमा जित हात पार्दै सुदूरपश्चिम क्वालिफायर खेल्ने लक्ष्यमा छ । कर्णाली भने आजको खेलमा अलि बढी दबाबमा हुनेछ । फराकिलो हारले कर्णालीको प्लेअफ सम्भावना समाप्त हुनेछ ।

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लिग चरणको अन्तिम एक खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुन लागेको समूह चरणको अन्तिम खेलमा अहिले सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सबीच प्रतिश्पर्धा हुँदैछ ।

सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ । टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन् ।

कर्णाली र सुदूरपश्चिमबीचको यस खेलले प्लेअफ पुग्ने र क्वालिफायर खेल्ने सबै टोलीको टुंगो लाग्नेछ ।

सुदूरपश्चिम रोयल्स ६ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ पुगिसकेको छ ।

लिगको अन्तिम खेलमा जित हात पार्दै सुदूरपश्चिम क्वालिफायर खेल्ने लक्ष्यमा छ ।

कर्णाली भने आजको खेलमा अलि बढी दबाबमा हुनेछ । फराकिलो हारले कर्णालीको प्लेअफ सम्भावना समाप्त हुनेछ । चौथो स्थानमा रहेको सोमपाल कामीको टिमको ७ खेलबाट ८ अंक छ ।

यदि सुदूरपश्चिमले कर्णालीमाथि ठूलो अन्तरको जित हात पारे काठमान्डु गुर्खाजले पनि प्लेअफमा स्थान बनाउन सक्ने समीकरण रहेको छ ।

कर्णाली पछिल्ला चार खेलयता अपराजित छ । एनपीएलमा सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।

 

प्रकाशित मिति २०८१ पुस १ गते सोमबार ०९:१६
हजुरको प्रतिक्रिया