२०८३ साउन २१ गते बिहीबार

प्रदीप मेमोरियल बास्केटबलको तयारी तिब्र

प्रदीप मेमोरियल बास्केटबलको तयारी तिब्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २ गते मंगलबार ०१:२१

चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी तिब्र पारिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजना हुने पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी तिब्र पारिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार खुला पुरुषतर्फ अहिलेसम्म कुल १४ टिम र महिलातर्फ ४ टिमको दर्ता भएको छ ।

संयोजक गुरुङले अन्य टिम पनि दर्ता गर्नका लागि सम्पर्कमा आइरहेको बताए ।

उनका अनुसार खेल तालिका भने २ गते १२ बजे प्रकाशित गरिनेछ ।

गुरुङले पुरुषतर्फको विजेता टोलीलाई नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए  ।

यस्तै उपविजता बन्ने टोलीले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

महिलातर्फको विजेतालाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । भने, उपविजेता टोलाई नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

संयोजक गुरुङका अनुसार  पुरुष तथा महिला दुवै प्रतियोगितामा विधागत तर्फ उत्कृष्ड खेलाडी (एमभिपी), उत्कृष्ट डिफेन्सिभ खेलाडी, उदीयमान खेलाडी र उत्कृष्ट अफेन्सिभ खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ सहभागिता जनाउनका लागि नगद रु ६ हजार र महिलातर्फ सहभागिता जनाउनका लागि नगद रु २ हजार शुल्क निर्धारण गरिएको सचिव अर्जुन गुरुङले बताए ।

उनका अनुसार टिम दर्ता फोनमार्फत (९८५६०६६३४४,९८४६३४२०२३, ९८४७८००३८९ र ९८१७१८४७७९) पनि गर्न सकिने छ ।

प्रकाशित मिति २०८१ पुस २ गते मंगलबार ०१:२१
हजुरको प्रतिक्रिया