२०८३ साउन २१ गते बिहीबार

पोखरामा अन्तर्राष्ट्रिय ड्रागन बोर्ड रेस प्रतियोगिता हुँदै

पोखरामा अन्तर्राष्ट्रिय ड्रागन बोर्ड रेस प्रतियोगिता हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २ गते मंगलबार ०५:१४

प्रतियोगितामा २ सय र ५ सय गरि २ विधामा संचालन गरिने छ । दुवै विधा तर्फ प्रथम हुनेले ५ हजार डलर र द्धितिय हुनेले २ हजार डलर र तृतिय हुनेले १२ सय डलर पुरस्कार पाउने आयोजकले जनाएको छ ।

पोखरा ।

पोखरामा पुष दोस्रो साता अन्तर्राष्ट्रिय ड्रागन बोर्ड रेस प्रतियोगिता हुने भएको छ ।

पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र नेपाल स्थित चिनियाँ दूतावासको आयोजनामा प्रतियोगिता हुन लागेको हो । पोखराको फेवामा हुने प्रतियोगितामा पुष १३ देखी १५ गते सम्म संचालन हुनेछ ।

प्रतियोगितामा नेपालका ११ मित्रराष्ट्र चीनका ८ र सिङ्गापुरको १ गरी कुल २० समुहको सहभागिता रहने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

प्रतियोगितामा २ सय र ५ सय गरि २ विधामा संचालन गरिने छ । दुवै विधा तर्फ प्रथम हुनेले ५ हजार डलर र द्धितिय हुनेले २ हजार डलर र तृतिय हुनेले १२ सय डलर पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रथम, द्धितिय र तृतिय वाहेक बाँकी टिमलाई ५ सय डलर पुरस्कार पाउने छन् । प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसमा विकास र पोखराको पर्यटन विकासमा ठुलो टेवा पुग्ने उनले बताए ।

प्रतियोगिताको लागि यस वर्ष पनि चीनबाट ८ वटा डुङगा पोखरा ल्याइएको छ । गत वर्ष ८ वटा डुङगा चीनबाट नै ल्याइएको थियो ।

प्रकाशित मिति २०८१ पुस २ गते मंगलबार ०५:१४
हजुरको प्रतिक्रिया