२०८३ साउन २१ गते बिहीबार

दोस्रो कुलपति रनिङसिल्ड फुटबल उपाधिका लागि स्टेप बाई स्टेप र सहिद स्मृति भिड्दै

दोस्रो कुलपति रनिङसिल्ड फुटबल उपाधिका लागि स्टेप बाई स्टेप र सहिद स्मृति भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २ गते मंगलबार ०७:१२

यी दुवै टोली उपाधिका लागि बुधबार पोखरा रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

पोखरा ।

गण्डकी विश्वविद्यालयले आयोजना गरेको दोस्रो कुलपति रनिङसिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि स्टेप बाई स्टेप मावि र सहिद स्मृति मावि भिड्ने भएका छन् ।

पोखरा रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइन खेलमा कालिका माविलाई १-० को अन्तरले पराजित गर्दै सहिद स्मृति माविले फाइनलको यात्रा तह गरको हो । सहिद स्मृतिका लागि सरुन सुनारले निणर्ायक गोल गरेका थिए ।

आजै भएको दोस्रो सेमिफाइन खेलमा पञ्चमुनि देवि माविविरुद्ध स्टेप बाई स्टेप माविले ३-२ अन्तरले रोमाञ्चक जित हात पार्‍यो । स्टेप बाई स्टेपका लागि पवन अधिकारी, निरज मगर र प्रजल बाँनियाले समान १-१ गोल प्रहार गरे ।

यी दुवै टोली उपाधिका लागि बुधबार पोखरा रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १५ हजारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८१ पुस २ गते मंगलबार ०७:१२
हजुरको प्रतिक्रिया