पोखरा
मादी गाउँपालिका वडा नं १ सिक्लेसमा नेपालको लागि अमेरिकी राजदुत थम्पसनर टोलीले एकदिने अनौपचारिक भ्रमण गरेका छन् ।
पिस कोर नेपालमार्फत सिक्लेसको पर्यटन प्रवर्द्धन र होम स्टे संचालकहरूलाई अंग्रेजी भाषा प्रशिक्षणको लागि सिक्लेसमा विगत ५ महिना देखि रहेका क्याथलिन काशीसंगको भेटघाट एवम सिक्लेस घुम्नको लागि राजदुतसहित उनकी धर्मपत्नी जेन थम्पसनर, पिस कोर नेपालका प्रमुख ट्रॉय कोफ्रोथ, पिस कोर साईट इन्चार्ज राजु कंडेल सहितको टोली सिक्लेस पुगेका हुन् ।
टोलीलाई सिक्लेसमा स्वागत गरे लगत्तै वडा अध्यक्ष देवीजंग गुरुङ , सिक्लेस एक्याप प्रमुख संग्राम कार्की, सिक्लेस होम स्टेका अध्यक्ष टाई माया गुरुङ लगायतको टोलीले गाउँ घुमाएको थियो ।
गाउँ घुमाउने क्रममा स्थानीयले बनाएका भाङ्ग्रा, बख्खु, कम्मल, डोको बुन्दै गरेको दृश्य लगायतका क्रियाकलापहरु देखाउदा राजदुत लगायतका टोलीले निकै उत्सुकताका साथ हेरेका थिए ।
राजदुत थम्पसनरले सिक्लेसमा पाएको स्वागत अतिथ्यता प्रति आभार प्रकट गर्दै सिक्लेस आउन सबैलाई अनुरोध गरे । स्वयंसेवक क्याथलिन काशीले गुरुङ ड्रेस लगाई पाहुनाहरूलाई गाउँ र गाउलेका विशेषता बारे गराए ।
प्रकाशित मिति २०८१ पुस ३ गते बुधबार ११:०५




