२०८३ साउन २१ गते बिहीबार

पुष १३ देखि पाेखरामा दोस्रो संस्करणको ड्रागन बोट रेस हुने

पुष १३ देखि पाेखरामा दोस्रो संस्करणको ड्रागन बोट रेस हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ३ गते बुधबार ०५:५३

पाेखरा । पोखरामा दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता हुने भएकाे छ । पौष १३ देखि १५ सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन गर्न लागिएको उक्त प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका...

पाेखरा ।

पोखरामा दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता हुने भएकाे छ ।

पौष १३ देखि १५ सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन गर्न लागिएको उक्त प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद रु.५ हजार डलर (नेपाली करिब ६ लाख ७९ हजार रुपैयाँ), उपविजेताले नगद रु.२ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले नगद रु.१ हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद रु.५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार पाउनेछन्।

मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्ष देखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा पोखराको फेवा र वेगनासतालमा सञ्चालन गरिँदै आइरहेको छ ।

दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरूले सहभागिता जनाउने यस प्रतियोगिता पोखरामा पनि लोकप्रिय बन्दै गइरहेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्त्वपूर्ण सहयोग पुग्ने  विश्वास व्यक्त गरे ।

चिनियाँ राजदूतावासका डिसिएम वाङ् सिले आफूहरू पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार र पोखराको पर्यटन प्रवर्द्धनका लागि विभिन्न खाले कार्यक्रमहरूमा सहकार्य गर्न तत्पर रहेको बताए ।

नेपाल चिन सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै वाङले पर्यटन, संस्कृति र भौतिक विकासका सन्दर्भमा सहकार्य गर्दै जाने आफूहरूको चाहाना रहेको उल्लेख गरे ।

प्रकाशित मिति २०८१ पुस ३ गते बुधबार ०५:५३
हजुरको प्रतिक्रिया