२०८३ असोज २३ गते शुक्रबार

कांग्रेसको नेतृत्वमा चुनावी सरकार-कोइराला

कांग्रेसको नेतृत्वमा चुनावी सरकार-कोइराला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ चैत ३० गते सोमबार ०१:५५

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै कोइरालाले देश अप्ठ्यारो...

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै कोइरालाले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर आगामी मंसिर वा चैतमा निर्वाचनको तयारी गर्नुपर्ने उल्लेख गरे ।

सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, देशलाई निकास दिने काम कांग्रेसले मात्र गर्न सक्छ, त्यो निकासका लागि कांग्रेस नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जानु सवैका लागि उत्तम उपाय हो ।’

सरकारले विजनेस नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्वपूर्ण रहेको कोइरालाको भनाई छ ।

कांग्रेसका लागि आगामी भदौमा हुने १४ औं महाधिवेशन महत्वपूर्ण र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति २०७७ चैत ३० गते सोमबार ०१:५५
हजुरको प्रतिक्रिया