पोखरा ।
एसिसी यु–१९ महिला एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ ।
मंगलबार नेपाल र भारतबिचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर फोरमा पुगेको छ । यस नतिजासँगै समूह ‘ए’ बाट भारत र नेपाल सुपर फोरमा पुगेका छन् ।
यसअघि यी दुवै टिमले पाकिस्तानलाई हराएर एक खेलअघि नै सुपर फोरमा पुगेका थिए ।
नेपालले अब अर्को चरणमा समूह ‘बी’ बाट अगाडि बढेका बंगलादेश र श्रीलंकाविरुद्ध खेल्न लागेको हो । नेपालले भोलि बंगलादेशसँग खेल्नेछ ।
बंगलादेश समूह बीमा दुई खेलमा विजयी हुँदै सुपर फोरमा पुगको हो । उसको चार अंक रहेको छ । बंगलादेशले श्रीलंका र आयोजक मलेसियालाई हराएको छ ।
उसको चार अंक रहेको छ र, सुपर फोरको अंक तालिकाको शिर्ष स्थानमा छ ।
दोस्रो स्थानमा भारत रहेको छ । तीन अंक रहेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । दुई खेलमा एक खेलमा विजयी भएको श्रीलंकाको २ अंकमात्र रहेको छ ।
यो अंक सुपर फोरमा पनि जोडिने छ र शीर्ष स्थानका दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।
तेस्रो र चौथो टोली बाहिरिने छन् । फाइनल खेल भने आइतबार हुनेछ ।
प्रकाशित मिति २०८१ पुस ४ गते बिहीबार ०९:१७




